www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघका नेता पराजुलीको ‘दादागिरी’

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य देबकृष्ण पराजुलीले दादागिरी शैलीमा पोखरा महानगरपालिका वडा ४ का कर्मचारीहरुलाई गालीगलौज सहित अभद्र्र व्यवहार गरेका छन् । उनलाई सोही आरोपमा कर्मचारीहरुले महानगरमा उजुरी दिएका छन् ।

पराजुलीले गत फागुन २७ गते मादक पदार्थ (रक्सी) सेवन गरी वडा कार्यालयका कर्मचारी जुनियर ईन्जिनियर संजित प्रधान, कर शाखाका कमला केसी लगायत अन्य कर्मचारीलाई अपशव्द सहित अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शी वडा अध्यक्ष शंकर बास्तोलाले ताण्डव न्यूजलाई बताए ।

Batas

अध्यक्ष बास्तोलाले आफ्नो कार्यकक्षमा चलिरहेको बैठकलाई पराजुलीले बिथोलेको बताउदै कर्मचारीहरुलाई गाली गलौज सहित अभद्र व्यवहार गरेको दोहोर्याए । उनले प्राविधिक तर्फको जुनियर ईन्जिनियर संजित प्रधानलाई अभद्र व्यवहार गरेको बताए । ‘खास कर्मचारी सँग हो, यहाँ पनि कर्मचारी तल पनि कर्मचारीसँग हो ।’ अध्यक्ष बास्तोलाले भने । बास्तोलाका अनुसार पराजुलीले टेबुल ठटाउने ढोकालाई लात्ती हान्ने, फर्निचरमा तोडफोड गर्ने, औला ताक्ने गरेका थिए ।

रक्सी सेवन गरेर काममा व्यस्त रहेका कर्मचारीलाई झुटा लान्छना लगाउदै अभद्र व्यवहार मात्रै नभई पराजुलीको दादागिरी देखिन्छ । पराजुलीलाई घटना भएको छैटौं दिन सम्म छलफलको लागि दुई पटक बोलाईएको बताउदै उनले बेवास्ता गरेपछि कर्मचारीहरु कानूनी प्रक्रियामा गएको बताए । बास्तोलाका अनुसार पराजुली स्थानिय बासिन्दा हुन् । पराजुली सोही टोल विकासका अध्यक्ष समेत रहँदै आएका छन् । उनले दिउसै रक्सी सेवन गरी वडा कार्यालयमा आएर दादागिरी देखाएकोले फेरी उक्त घटना दोहोरिन सक्ने भन्दै सोही अनुरुप कारवाही गर्न महानगरलाई आग्रह गरेको बताए ।

महानगरमा दिइएको निवेदन

त्यस्तै कर शाखामा कार्यरत कमला केसीले काम गरिरहेकको अवस्थामा अनायासै पराजुलीले अभद्र व्यवहार गरेर लान्छनाहरु लगाएको बताईन् । ‘एक जना सेवाग्राहीको आयस्रोत प्रमाणीकरण गर्दै थियौ । उहाँले एक्कासी त्यस्तो व्यवहार गरेपछि हामी आत्तियौ । किन त्यस्तो गर्नुभो भनेर, १ हजार ४ सय १० लिन पर्ने थियो । त्यो पैसा फिर्ता दे लगायतका अनावश्यक कुराहरु बोल्नु भो, अश्लील शब्दहरु जोकी सुन्नै सकिदैन, उनले भनिन्, ‘सर यो कुरा ता आर्थिक ऐनमा लेखिएको छ हामी ऐन भन्दा बाहिर जानै सक्दैनौ राज्यलाई बुझाउनुपर्ने कर हो सर भनेर बुझायौ अझ उहाँलाई आर्थिक ऐन पनि देखायौ । त्यो देखाउदा किताब फालेर काउण्टरको सीसा फुटाल्ने गरी हल्लाउन थालेपछि हामी डरले भित्र कोठामा गएर बसेउ ।’

केसीले भयरहित वातावरणमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखिन । उनले पोखरा महानगरपालिका लाई किटानी जाहेरी दिएको बताउदै न्याय पाउनेमा आशावादी रहेकोे सुनाईन् । केसीले गत असोजमा महाननगरबाट सरुवा भई वडा ४ मा आएको बताउदै धुक्कका साथ काम गर्ने वातावरण नभए फेरी सरुवाको माग गर्ने बताईन् । केसीले सोही घटनापछि जुनियर ईन्जिनियर वडा नं १४ सरुवा भैैसकेको बताउदै पराजुलीलाई कानुन अनुसारको कारवाही गर्न महानगरसँग माग गरेको बताईन् । ‘फेरी अबको दिनमा बाटोमा हिड्दा पनि त हामी सुरक्षित हुनुपर्याे नि ।’ उनले भनिन् ।

यता पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफुलाई समेत पराजुलीले फोन मार्फत कपोकल्पित वचन लगाएको ताण्डव न्यूजलाई बताईन् । गुरुङका अनुसार पराजुलीले वडा नं ४ लाई महानगरले निगरानीमा नराखेको भन्दै अनियमितता भएको टिप्पणी गरेका थिए ।

पराजुलीले आफुलाई आर्थिक घोटाला गरेको समेत आरोप लगाएको धारणा राखिन् । दादागिरी शैलीमा बोलेका पराजुलीले आफुलाई राष्ट्रपतिसँगको मितिनी साईनोको विषयलाई दिएर विभिन्न लान्छना लगाएको गुरुङले बताईन् । गुरुङले उक्त घटनाको बारेमा छानविन भैरहेको जानकारी दिएकी थिईन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.