www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

न्यूयोर्क ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्। उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन्।

कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरस बोल्दैथिए। न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भने: “यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ।” राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए।

Batas

गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गरेका छन्। गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे ‘डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्ने’ बताए।

अमेरिकाले कडिकडाउका उपायहरू बढाइरहँदा चारमध्ये तीन अमेरिकीहरू कुनै न कुनै प्रकारका ‘लकडाउनु सामना गरिरहेका वा गर्ने अवस्थामा पुगेका छन्। महामारीसँग जुझ्न भइरहेका थुप्रै प्रयासबीच विश्वभरका सेयर बजारहरूले यस वर्षको पहिलो तीन महिनामा तीन दशक यताकै ठूलो क्षति बेहोरेका छन्।

विश्वको पछिल्लो अवस्था के छ?

विश्वभर अहिले ८ लाख ५० हजारमा यस भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक लाख ७७ हजार कोभिड १९ रोगबाट निको भएका छन्।

गत वर्षको अन्त्यमा भाइरसको प्रकोप सुरु भएको चीनमा भन्दा धेरै अमेरिकामा मृत्युको सङ्ख्या तीन हजार छ सयभन्दा बढी पुगेको छ।

उच्च प्रभावितमध्येको स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ८४९ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इटलीमा १२ हजार भन्दा बढीको मृत्यु भएको छ।

ब्रिटेनमा एकजना १३ वर्षे किशोर सहित अहिलेसम्म एक हजार सात सय ८९ जनाले ज्यान गुमाएका छन्। बीबीसी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.