www.tandavnews.com
Fact ~ In search of truth

दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमांडौ।

मन्त्रिपरिषद्को बैठकले दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको  हो । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नेछिन् ।दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।

आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.