www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन बागलुङद्वारा सुरक्षा सामग्री वितरण

बागलुङ ।

नेपाल प्रेस युनियन बागलुङले पत्रकारलाई कोभिड–१९ को जोखिम हुन नदिन आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ । दुई सय थान मास्क, २० वटा सेनिटाइजर र १० वटा प्रेस ज्याकेट वितरण गरिएको युनियनका जिल्ला अध्यक्ष प्रदीप पन्तले जानकारी दिए ।

युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलगायतलाई बिहीबार ती सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए।

Batas

कोरोनाको जोखिमबीच काममा खटिने पत्रकारको सुरक्षाका लागि सामग्री सहयोग गरिएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।शाखा अध्यक्ष शिरीषले संकटका बेला पत्रकारलाई सघाएकामा प्रेस युनियनप्रति आभार व्यक्त गरे । उनले ग्रामीण क्षेत्रका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई महासंघमार्फत सुरक्षा सामग्री पुर्याइने बताए ।

यसअघि पनि शाखाले विभिन्न संघसंस्थासँग मिलेर पत्रकारलाई सुरक्षा सामग्री र राहत वितरण गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.