www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

सुरक्षाकर्मी फिर्ता लैजान नेकपा प्रवक्ता श्रेष्ठको आग्रह

hima aus

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् ।

classic tech

पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिइएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको उक्त भनाइ बाहिर आएको हो । प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत निर्वाचनअघिदेखि राज्यले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका हुन् ।

Batas

उनले भनेका छन्,‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइनँ, सशस्त्र प्रहरी बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ, तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाका कारणले राख्न अनुरोध गरेकाले राखिएको हो’, प्रवक्ता श्रेष्ठले आफूले नियमितरूपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगर्ने पनि उल्लेख गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...