www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका थप २ जनामा संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या ५६ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

तनहुँका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यसअघि पनि तनहुँका एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

थपिएका संक्रमित क्वारेन्टाइनमा रहँदै आएका थिए । उनिहरुलाई जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५६ पुगेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.