www.tandavnews.com
Fact ~ In search of truth

शहिद क्षेत्र बहादुर केसी प्रतिष्ठानद्वारा विपन्न परिवारलाइ राहत वितरण

पोखरा ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले देशलाई लकडाउन गरेको अवस्थामा पोखरा १४ मनकामना टोलका दैनिक काम गरेर गुजारमा चलाउने वर्गहरु समस्या परेको कुरालाई  मध्यनजर गर्दै अति विपन्न ४० परिवारलाई छनोट गरि सहिद क्षेत्र बहादुर केसि स्मृति प्रतिष्ठानले खाद्यान्न बितरण गरेको छ। सहिद क्षेत्र बहादुर केसीको १५ औँ स्मृती दिवस पारेर आज मनकामना टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएकाहरुलाइ राहत वितरण गरिएको हो।

पोखरा महानगरपालिका वडा नं. १४ सँग समन्वय गरी राहत वितरण गरिएको कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले राहात दाताहरुसँग समन्वय गरी वडामा राहत बाँडिरहेको बताए । उनले जनस्तरका संघ, संस्थाबाट स्थानीय सरकारसँग समन्वय गरी यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको बताए ।

Batas

स्व. क्षेत्र केसी समाजमा प्रतिष्ठीत ब्यक्ती थिए । हाल पोखरा महानगरपालिका १४ साबिक पोखरा नगरपालिका वडा न. १८ को वडा अध्यक्ष ३ पटक सम्म , पोखरा नगर उपत्यकाको अध्यक्ष र कास्की जिल्ला राप्रपा को अध्यक्ष थिए । प्रतिष्ठानले हरेक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको र यसपटक समयानुसार राहत बितरण गरिएकाे  प्रतिष्ठानका अध्यक्ष मिलन केसीले बताए । सचिव रामजि जिसिले कार्यक्रममा सहजीकरण गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.