www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा ६ सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

पाेखरा ।

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार थप २४ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ संक्रमितमा बाग्लुङका मात्रै १४ जना छन्। सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जनामा संक्रमण पुष्टि भएको छ।

Batas

त्यस्तै, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित सबै भारतबाट फर्किएका निर्देशनालयको सूचनामा उल्लेख छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ।

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.