www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरी अस्पतालमा उपचाररत ११ पुरुष संक्रणमुक्त

पोखरा
ताण्डव न्यूज ।

बागलुङस्थित धौलागिरी अस्पतालमा उपचाररत ११ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएका उक्त पुरुषहरुको पुनः परिक्षणमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

अस्पतालको आईसोलेसनमा रहेका बागलुङ जिल्ला गल्कोट नगरपालिकाका वर्ष २३ का १ जना, निसीखोला गाउँपालिकाका वर्ष २९ र २२ का २ जना, ताराखोला गाउँपालिकाका वर्ष ३९ का १ जना, बडीगाड गाउँपालिकाका वर्ष २५, २५, ३९, ३२ र २२ का ५ जना, बरेंङ गाउँपालिकाका वर्ष १८ र २३ का २ जना गरि ११ जना पुरुषहरु धौलागिरी अस्पतालबाट निको भई घर फर्किएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक प्रोख्रेलले जानकारी दिए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.