www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाको विरुवामा ७० लाखको लागतमा सुन्तला ब्लक स्थापना

स्याङ्जा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्याङजाकोे विरुवा गाउँपालिकामा सुन्तला ब्लक स्थापना गरिएको छ ।

विरुवा गाउँपालिकाको वडा १, ७ र ८ को दुई हजार क्षेत्रफल जग्गालाई समेटेर सुन्तला ब्लक स्थापना गरिएको हो । उक्त ब्लक कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य दीपक चर्ती मगरले गरे । सो अवसरमा बोल्दै प्रदेश सांसद चर्ती मगरले विरुवा गाउँपालिकामा गण्डकी प्रदेश सरकारको गौरवको योजना अनुसार सुन्तला जोन स्थापना गरिएको बताए ।

Batas

सुन्तला जोन कार्यक्रमले गाउँमा स्वरोजगारसंगै कृषकलाई आधुनिक कृषितर्फ अभिप्रेरित गर्न सघाउ पुग्ने धारणा राखे । उनले पछिल्लो समयमा समेत कृषिमा आधुनिकीकरण हुन नसक्नु र परम्परागत शैलीबाट कृषकहरुले जिविकोपार्जन गर्न बाध्य रहेको बताउदै अब सरकारले आधुनिक कृषि प्रणाली अन्तर्गत सहयोग गर्ने नीति सारेकोले भएकाले त्यसतर्फ किसानहरु अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै कृषि ज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले परम्परागत कृषि प्रणालीका कारण युवाहरु कृषिमा आकर्षित हुन नसकेको बताए । उनले गण्डकी प्रदेशको गौरवको योजना मार्फत सुपरजोनको अवधारणामा मनकामनामा स्थापना गरिएको कृषि जोनमा उत्पादित सुन्तला निर्यात र प्रशोधनका लागि आफ्नो संस्थाबाट पहलकदमी गर्ने प्रतिबद्धता जनाए ।

विरुवा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले परम्परागत कृषि प्रणालीबाट मुलुकमा समृद्धि सम्भव नभएकाले आधुनिकीकरण नै अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले कृषिसंगै पर्यटनलाई समेत समेटेर लैजान सके विरुवा गाउँपालिको मुहार फेरिन सक्ने तर्क राखे ।

मनकामना सुन्तला ब्लक कार्यक्रम समितिका अध्यक्ष नमानसिंह गुरुङले गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत ७० लाखको लागतमा सञ्चालन हुने सुन्तला ब्लक कार्यक्रममा विरुवा गाउपालिकाको वडा ७, ८ र १ को २ हजार रोपनी क्षेत्रफल जग्गामा ३० हजार सुन्तला विरुवा रोप्ने बताए । उनले अनुसार कृषी औजार तथा उपकरण वितरण गर्ने, ६० हजार केजी मल खरिद गर्ने, सिचाँईका लागि पोखरी निर्माण गर्ने, बगानमा रहेका जंगल सफाई गर्ने र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गरिने जानकारी दिए ।

उक्त स्थापना कार्यक्रममा वडा ७ का अध्यक्ष खडक बहादुर गुरुङ, वडा ८ का अध्यक्ष प्रकाश थापा मगर युवा नेता सागर थापा, सूर्य कुंवर लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा उपाध्यक्ष रिम बहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन केश बहादुर गुरुङले गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.