www.tandavnews.com
Fact ~ In search of truth

पहिराेले माछापुच्छ्रे गाउँपालिकाका ९ परिवार विस्थापित

कास्की ।

माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख पाखामा पहिराका कारण नौ घर परिवारका ४४ जना विस्थापित भएका छन् ।

यही साउन २ गते बिहानको पहिरामा परी स्थानीय प्रेमराज विकको घर पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । लगातारको वर्षा र पहिराको जोखिम कायमै रहेपछि पाखाका दुर्ई परिवारलाई सामुदायिक भवन तथा अन्यलाई छिमेकीकामा स्थानान्तरण गरिएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए ।

पहिराका कारण प्रेमराजका चारसहित रविलाल विकका छ जना, डिलबहादुर विकका सात, चित्रबहादुर विकका छ, सानो डिलबहादुरका चार, जसबहादुर विकका छ, आइबहादुरका चार, नारायण विकका छ जना र डिलबबहादुर विक गरी नौ परिवारका ४४ जना विस्थापित भएको वडाध्यक्ष दवाडीले जानकारी दिए ।

Lama collectio News Middle

पहिराबाट पीडित परिवारलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुसार राहत प्रदान गरिने गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए। “विस्थापितलाई विद्यालयमा व्यवस्थापन गर्ने योजना थियो तर नजिकको विद्यालयमा क्वारेन्टिन रहेको र अन्यत्र टाढा हुने भएकाले हाललाई छिमेकी र सामुदायिक भवनमा राखिएकामा अख्तियारी प्राप्त भएपछि पीडितलाई गाउँपालिकाबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दछौँ”, शाहीले भने ।

भिरालो जमिनमा रहेको पाखाको बस्तीमा घुम्ती सडकका कारणले पहिरो खसेको स्थानीयवासीको भनाइ छ । जिल्लामा हालसम्म प्राकृतिक विपत्तिका कारणबाट १० जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिकामा पहिरामा परी सात तथा माछापुच्छ्रे गाउँपालिकामा तीन जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop