www.tandavnews.com
Fact ~ In search of truth

दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बन्दीपुर गाउँपालिका वडा नम्बर १ मा सडक भाँसिएपछि वैकल्पिक मार्गबाट सडक सुचारू गरे पनि वैकल्पिक मार्ग पनि अवरूद्ध भएकोले आज सवारी साधन प्रवेशमा रोक लगाउनु परेको जानकारी दिए।

वैकल्पिक मार्गमा साना सवारी साधनको चापले समस्या आएको उनले बताए। ‘त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने छ,‘ उनले भने। एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए।

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो। उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो।

Batas

साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो।

उक्त वैकल्पिक मार्गमा राम्रोसँग ग्राभेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग पुनः अवरुद्ध हुने देखिएकाले सवारी प्रवेशमा रोक लगाइएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.