www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : बाढीपहिरोमा परी चारको मृत्यु

बलेवा ।

बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकि छिन् । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

Batas

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।

सडक बनाउँदा कुलो मासियो, सिँचाइ अभाव

सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिँचाइ कुलो रहेकै ठाउँबाट कच्ची सडक बनाउँदा किसान मर्कामा परेका हुन् ।

बिनामारेको निरिङ्गे करिडोरदेखि वडा नं ४ सर्कुवाको मौलाछसम्म नयाँ ट्र्याक खोल्ने क्रममा बैराबासे तल्लो सिर्से कुलोको अधिकांश भाग भत्काइदिएको छ । वडाले गत आर्थिक वर्षमा झण्डै रु ११ लाख खर्चेर कालीगण्डकी करिडोरको निरिङ्गेबाट वडा नं ४ को मौलाछसम्मको कच्ची सडकको ट्र्याक खोलेको वडाध्यक्ष गोपालप्रसाद पौडेलले बताए ।

कुलो भत्किएका कारण बैराबासे, घडेरी, तल्लोसिर्सेलगायतका फाँटमा रहेको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको स्थानीय नारायण उनले बताए । ‘जेनतेन भल छोपेर रोपाइँ गरियो, अब पानी कसरी लगाउनु”, उनले भने, “एक÷दुई परिवारलाई बाटो पु¥याउँदा दर्जनाँै परिवारको माड खोसियो ।” उब्जाउ हुने खेतमा पु¥याइएको कुलो मासिँदा किसान मर्कामा परेको पौडेलले बताए । “सडक अरु पनि थिए, खेतमै आँखा लगाए” उनी भन्छन् , “नयाँ सडक चाहिएकै होइन, सिँचाइको वैकल्पिक व्यवस्था पनि छैन ।”

विसं २०५८ मा रु ४९ लाख ९६ हजार खर्चेर उक्त कुलो निर्माण भएको थियो । जनसहभागितासहित निर्माण भएको कुलो सानो रकम खर्चेको सडकले क्षतविक्षत बनाएको उनको गुनासो थियो । वडा कार्यालयले भने धेरै पहिला निर्माण भएको कुलो ठाउँठाउँमा भत्किएको र मर्मतमा सधैँ समस्या हुने भएकाले सडक र कुलो एकैपटक बन्ने गरी काम गरेको जनाएको छ ।

“कुलो पनि बनोस् र सडक पनि बनाउँ भन्ने मान्यताले बनाइएको हो”, वडाध्यक्ष पौडेलले भने , “विस्तृत योजना बनेको छ यो वर्षलाई समस्या भयो ।” बिनामारेमा २०० मिटरको दूरीमा तीन सडक बनेका छन् । खेतीयोग्य जमिन मासेर धेरै सडक नबनाउन स्थानीयवासीले आग्रह गर्दै आएका छन् । “पहिला सबै उपभोक्ताको सहमति लिएरै काम गरेको हो, अहिले समस्या भयो भन्छन्”, उनले भने, “बाटो र कुलो पनि एकैपटक व्यवस्थित कहाँ हुन्छ र ? हामी विस्तारै गर्दै जान्छौँ ।”

सडकसँगै बनाइएको कच्ची नाली पहिरोका कारण ठाउँठाउँमा पुरिएकाले किसानलाई थप समस्या भएको छ । “वर्षाले पहिरो ल्यायो, सडक छेउको कच्ची नालीले काम गरेन्”, वडा सदस्य देवेन्द्र रेग्मीले भने, “सडक बनाउँदा समस्या आयो समाधान खोजिँदै छ ।” रोपाइँ सकेका किसानले हिउँदे खेतीको लागि समेत सिँचाइको समस्या हुने बताएका छन् ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.