www.tandavnews.com
Fact ~ In search of truth

नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक छैन : मुख्यमन्त्री गुरुङ

कावासोती ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् । प्रेस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पारे ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उनले तर्क गरे । अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उनले बताएका छन् । “अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ”, मुख्यमन्त्री गुरुङले भने , “सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।”

Batas

उनले अहिले प्रधानमन्त्रीको राजीनामा तर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने उल्लेख गरे । “निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन”, मुख्यमन्त्री गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले सङ्घ र प्रदेशबीचको असमझदारी कम हुँदै गएको, प्रदेशमा समेत धेरै आधारभूत प्रबन्ध भएको बताए। उनी नेकपा प्रदेश कमिटी सदस्य स्व कुलचन्द्र महतोको शोकसभामा सहभागी हुन नवलपुर आएका थिए । यसक्रममा उनले नवलपुरमा नारायणी नदीले कटान गरेको क्षेत्रको समेत अवलोकन गरे ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.