www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीनारायण क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड

पोखरा ।

माग पुरा नभएको भन्दै पोखरास्थित पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकले शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् ।

आंशिक शिक्षकल ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो । करिब १४ वर्षदेख आंशिक पदमा कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् ।

Batas

तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा झ्याल फुटेको छ भने केही कुर्सीमा क्षति पुगेको छ । क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि थप मर्कामा परेका छन् ।

क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।

तस्विर : विष्णु गौतम

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.