www.tandavnews.com
Fact ~ In search of truth

पिएन क्याम्पस प्रशासन भवनको मुल गेटमा तालाबन्दी

पोखरा,
ताण्डव न्यूज ।

आंशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस प्रशासन इकाईले क्याम्पस प्रशासन भवनको मुल गेटमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस प्रशासन इकाईले प्रशासन भवनको मुल गेटमा तालाबन्दी गरेको हो ।

Batas

विगत १५ वर्षदेखि त्रि.वि द्धारा आर्थिक, बौद्धिक तथा मानसिक रुपले चरम शोषण भएको आंशिक प्रध्यापकहरुको आरोप रहेको छ । पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत आंशिक प्राध्यपकहरुले आफ्नो पेशागत हकहित र सुरक्षाका निम्ति मासिक तलब पाउने गरी शिक्षण सहायक (त्रि.वि करार) को पदमा नियुक्ति पाउँ भन्दै विगत १४ वर्षदेखि आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन् ।

त्रि.वि द्धारा प्रा.डा ओमप्रसाद बरालको संयोजकत्वमा गठित कार्यदल र आंशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई बीच २०७६माघ २० गते सहमति भएको थियो । तर सो सहमति कार्यान्वयन नभएपछि आन्दोलित प्राध्यापक समुहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख तथा विभिन्न कार्यक्रम संयोजकहरुको कार्यकक्षमा तालाबन्दीका साथसाथै अनलाइन/अफलाइन कक्षा बहिष्कार गरेका थिए ।

 


यही साउन ५ गते गरिएको सहमति पुर्ण कार्यान्वयन गर्ने भनि भएको सहमति अनुसार साउन २२ गते भित्रमा पूर्णरुपमा सम्बोधन भए मात्र काममा फर्कने सहमति भएकोमा साउन २३ गते सम्म पनि माग सुनुवाई नभएको भन्दै माग पुरा नभइन्जेल सम्मका लागि क्याम्पसको मुल गेटमै तालाबन्दी गरेका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.