www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको इमर्जेन्सी विभागका स्वास्थ्यकर्मीमा कोरोना

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् । उनी केही दिन देखि होटल क्वारेन्टीनमा रहँदै आएका थिए ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ । गण्डकी प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा ५० र क्षयरोग उपचार केन्द्र पोखरामा ३६३ गरि कुल ४१३ जनाको नमुना परिक्षण गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.