www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी र आर्मी सहित गण्डकीमा थपिए २६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा २६ कोरोना संक्रमित थपिएका छन् ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर १६ का ७६ वर्षीय पुरुष सहित गण्डकीका अन्य ५ जिल्लाका संक्रमित गरी आज प्रदेशमा २६ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा पर्वत जलजला गाउँपालिकाका एक,बागलुङका ८, लमजुङका ४, तनहुँका ९ र नवलपरासीका ३ व्यक्ति रहेका छन् ।
पर्वतका र बागलुङका एक एक संक्रमित भारत बाट आएका हुन् ।

बागलुङका एक संक्रमित प्रहरी रहेको बताइएको छ । उता लमजुङका २ जना संक्रमित नेपाल आर्मी रहेका छन् । अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९७८ पुगेको छ । निको हुनेको संख्या १६६५ रहेको छ ।

आजै पोखराकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.