पोखरा
ताण्डव न्यूज ।
शनिबार वेगनास तालमा डुंगा डुव्दा ८ जनाले ज्यान गुमाए । तालमा डुंगा डुव्नु नौलो होइन । तर त्यसमा परि ज्यानकै क्षती हुनु आपतजनक विषय हो ।
एक त ओभर लोड त्यसैमाथी लाइफ ज्याकेट नहुँदा ८ जनाले ज्यान गुमाउनु परेको वेगनास युवा क्बलका अध्यक्ष राम रानाभाटले बताए । ‘५ जना मात्र चढाउने डुंगामा पैसा कमाउने नाममा १० जना लिएर हिडेको रैछन्,’ उनले भने, ‘त्यसैमाथी लाइफ ज्याकेटको पनि प्रयोग भएको छैन् ।’

यस विषयमा विगतमा पनि कुरा उठेको उनी सुनाउँछन् । ‘पहिला पनि यस्तै लापरवाहीको कारण धेरैको ज्यान गएको छ,’ उनले भने, ‘अब पनि यस विषय छलफल गरेर निकास ननिकाल्ने हो भने फेरी यस्तै घटना नदोहोरिएला भन्न सकिदैन ।’ डुंगा व्यवसायीहरुको एकोहोरो मनपरी रहेको उनले गुनासो गरे ।
तीज मान्न आफ्न्तको घर आएको ८ जनाले शनिबार ज्यान गुमाएका हुन् ।
स्थानीय कमलराज कडेंलको घरमा दर खान मन्धारे पार्कबाट लिब्दी टुँडा जाँदै गर्दा डुंगा डुब्दा उनीहरुको मृत्यु भएको हो ।
दुई जनाको शनिबारनै उद्धार गरेपछि मृत्यु भएको थियो । अन्य ६ जनाको भने आइतबार मात्र शव भेटियो । शनिवार घटनापछि तत्काल उद्दार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भिमादकी जमुना गैरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गयो ।
४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, ७ वर्षीय शंकर खनाल , ८ वर्षीय शिव खनाल, १७ वर्षीया मनिशा बजगाईं र ३२ वर्षीय रवी खनालको शव आइतवार भेटिएको हो ।
घटनाको विषयमा आज (सोमबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा विभिन्न निकायकासँग छलफल रहेको इलाका प्रहरी कार्यालय शिशुवाका इन्स्पेक्टर किरण रावतले बताए ।
यस विषयमा वेगनास ताल ढुङगा व्यवसायी समितिका अध्यक्ष शोमनाथ कडेललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.