www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थपिए ११ संक्रमित, संक्रमित बैंक, कन्सल्टेन्सी लगायतका कर्मचारी

पोखरा,
ताण्डव न्यूज

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ ।

Batas

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या २०३६ पुगेको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका–२ का संक्रमित व्यक्ति कामना बिकाश बैंक, दिप शाखामा र पोखरा महानगरपालिका–३ का संक्रमित व्यक्ति एभरेस्ट बैंक, अमरसिंह चोक शाखामा कार्यरत रहेका छन् ।

पोखरा महानगरपालिका–१४ का ३५ बर्षीय संक्रमित व्यक्ति ईन्जिनियरिंङ कन्सल्टेन्सीमा कार्यरत रहेका छन भने पोखरा महानगरपालिका–१ का संक्रमित व्यक्ति मोबाईल पसलका संचालक रहेका छन् ।

त्यसैगरी पोखरा महानगरपालिका–५ का संक्रमित व्यक्ति पोखरा औधोगिक क्षेत्रमा कार्यरत रहेका छन् । अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.