www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्यकर्मी र व्यापारीसहित गण्डकीमा थपिए २४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१२३ पुगेको छ।

Batas

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या २१२३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा तनहुँका २२ जना र बागलुङका २ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, तामानखोला–२ का दुई महिला मध्ये १ जना स्वास्थ्यकर्मी रहेका छन भने १ जना स्थानीय ब्यापारी रहेका छन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यसअघि पोखराका तीन सहित गण्डकीमा ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.