www.tandavnews.com
Fact ~ In search of truth

पोखराः पृथ्वीचोक स्थित बसपार्कमा बसभित्रै युवक मृत भेटिए

मृतक युवक बागलुङका दिवस के.सी

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा बसभित्र एक युवक मृत भेटिएका छन् ।

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा बसभित्रै युवक मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । मृत भेटिएका युवक बागलुङका २८ वर्षीय दिवस के.सी रहेको प्रहरीले जनाएको छ । उनी भारतबाट आई हिजो (मंसिर ८ गते) काँकडभित्ताबाट बा. ३ ख ९६२१ नम्बरको बस चढी पोखरा आएको जनाइएको छ । उनी सोही बसभित्रै आज बिहान साढे ९ बजे मृत भेटिएका हुन् ।

Batas

बसमा उत्तानो अवस्थामा मृत भेटिएका दिवसको मुखबाट रगत बगेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.