www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए १३ संक्रमित, संक्रमित सुरक्षाकर्मी, अस्पताल र बैंकका कर्मचारी

पोखरा,
ताण्डव न्यूज ।

सुरक्षाकर्मी, अस्पताल र बैंकका कर्मचारी सहित गण्डकी प्रदेशमा १३ संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा लमजुङका ८, गोरखाका २ र नवलपरासीका ३ व्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । लमजुङका ८ संक्रमित मध्ये ३ जना बेशिशहरमा कार्यरत सुरक्षाकर्मी, एक जना बैंकमा कार्यरत कर्मचारी र एक जना अस्पतालका कर्मचारी रहेका छन् ।

अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१५७ पुगेको छ । भने संक्रिय संक्रमितको संख्या ४५१ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.