www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार संक्रमित

काठमाडौं ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ ।

Batas

संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ ।कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना संक्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार ३२० जना अझै पनि संक्रमित अवस्था मै रहेका छन् ।भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.