www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा थप एक महिलाको संक्रमणबाट मृत्यु , गण्डकीमा मृतक संख्या २०

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या २० पुगेको छ ।

Batas

कास्कीको अन्नपुर्ण  गाउँपालिका–१ की ६३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भए सगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

मृतक महिलाको श्री विरेन्द्र अस्पताल, छाउनीमा उपचार भईरहेको थियो । ब्रेन ट्युमर तथा मृगौैलाको समस्या भई अस्पतालमा उपचाररत उनमा भदौ १९ गते कोरोना पुष्टि भएको थियो ।

यसैबीच गण्डकी प्रदेशमा ११ संक्रमित थपिएका छन् । जसमा पोखरा महानगरका ५ र नवलपरासीका ६ जना रहेका छन् । पोखराका सबै संक्रमित व्यक्तिहरु आफै पैसा तिरेर परीक्षण गराएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २६१२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.