www.tandavnews.com
Fact ~ In search of truth

स्टार्फनर्स, प्रहरी र उपचाररत बिरामी सहित पोखरामा १९ जनामा कोरोना

प्रदेशमा थपिए ४९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरमा १९ संक्रमित थपिएका छन् । आज बिहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखराका १९ सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

संक्रमित हुनेमा पोखरा महानगर वार्ड नम्बर १५,३२,२५ ८, ५,र १९ का गरि १९ जना, बागलुङका ९ जन, तनहुँका ३, पर्वतका १, स्याङ्जाका १२ र नवलपरासीका ५ जना रहेका छन् ।

पोखरा –१५ की २३ वर्षीया युवती पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफनर्स रहेकी छिन भने वडा नम्बर –३२ का पुरुष सोहि अस्पतालमा उपचाररत रहेका छन ।

पोखरा वडा नम्बर १९ र पर्वतका एक पुरुष नेपाल प्रहरी रहेका छन् । बागलुङ जैमिनीका ५१ वर्षीया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छिन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७२८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.