www.tandavnews.com
Fact ~ In search of truth

४० प्रहरी सहित पोखरामा एकैपटक थपिए ६६ संक्रमित

पोखरा,
ताण्डव न्यूज।

पोखरा महानगरमा आज एकै दिन ४० प्रहरीसहित ६६ जना संक्रमित थपिएका छन् ।

Batas

पोखरा वडा नम्बर १५ मा कार्यरत ४० जना नेपाल प्रहरी सहित पोखरामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा वडा नम्बर १५ का ५,८ का ३ जना,३१का ५ जना, १० का २ जना, २९ का २ जना ,१४, १७, २३, ४, २७ र ३३ का एक/एक जना रहेका छन् ।

यस्तै प्रदेशका अन्य जिल्ला लम्जुङका ५ र तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा ७४ जना संक्रमित थपिएका छन्।

र यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३२८० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.