www.tandavnews.com
Fact ~ In search of truth

‘हामी गर्न सक्छौँ सहयोगी हातहरु’ द्धारा पोखराका वृद्धाश्रम र सडक बालबालिकालाई जुस वितरण

पोखरा ।

संविधान दिवसको अवसरमा पोखराका विभिन्न वृद्धाश्रम र सडक बालबालिकालाई जुस वितरण गरिएको छ ।

हामी गर्न सक्छौँ सहयोगी हातहरु (वी क्यान डु हेल्पिङ ह्याण्डस्) संस्थाले जुस वितरण गरेको हो ।डाबर नेपालको सहयोगमा संविधान दिवसको अवसरमा हिजो (शनिबार) उक्त संस्थाले २०० एम.एल.को ५० केस जुस वितरण गरेको संस्थाकी संस्थापक अध्यक्ष ईन्दु शर्मा जानकारी दिईन् । ।

Batas

संस्थाले पोखरामा रहेका कल्याणी बाल आश्रम लामाचौर, मानव सेवा आश्रम छोरेपाटन, केदारेश्वर मन्दिर लेकसाइड, राष्ट्रिय परोपकारी सघं नेपाल ढुङ्गेसाँघु, पोखरा आरोग्य वृद्धाश्रम ,सृजनशील बालगृह ढुङ्गेसाँघु पुगी जुस वितरण गरेको थियो ।

त्यस्तै पोखराको मूख्य चोकहरु लामाचौर, बगर, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड पृथ्वीचोक, बिरौटा र छोरेपाटनमा रहेका सडक बालबालिका र बेवारिसे मानिसहरुलाई जुस दिएको थियो।

जुस वितरणमा डाबर नेपालका सिनियर सेल्स अफिसर राजेन्द्र न्यौपानेको उपस्थिति रहेको थियो । जस वितरणमा उपस्थित हुदैँ उनले भने,‘ कोरोना कहरका बेला वृद्धाआश्रम र सडक बालबालिकालाई राहत पुगोस भनी हामीले सानो सहयोग गरेका हौँ ।’

वि.स.२०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसरता देखाउँदै आइरहेको छ । ‘ कहरले हैन रहरले सहयोग गरौँ ’ भन्ने मुख्य भावका साथ स्थापना भएको संस्थाले विगत २ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरिरहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.