www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एकैदिन ९२ हजार ६०५ संक्रमित, संक्रमित संख्या ५४ लाख बढी

भारत ।

भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल संक्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना संक्रमित अवस्थामै रहेका छन् ।

Batas

भारतमा संक्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना संक्रमित भएका हुन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय संक्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.