www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकाका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

कास्की ।

नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । संस्थाका तर्फबाट कुल ५६ हजार बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिए ।

Batas

कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड–१९ को महामारीमा सबै जना एकजुट भएर लाग्नुपर्ने भन्दै सबैले सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याए । अनिवार्य मास्क लगाउन, साबुनपानीले मिचीमिची हात धुन वा स्यानिटाइजर लगाउन आग्रह गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक डा किसन कोइराला, सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारी, देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, जनप्रतिनिधि कृष्णप्रसाद भण्डारीलगायतले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.