www.tandavnews.com
Fact ~ In search of truth

चिकित्सक, बिरामी र क्यान्टिनका कर्मचारीसहित पोखरामा २९ जनामा संक्रमण

गण्डकीमा थपिए १२६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज हालसम्म १२६ संक्रमित थपिएका छन् ।

पोखराका २९ सहित प्रदेशका अन्य जिल्लाका गरि १२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

निर्देशनालयको अनुसार एक जना फेवासिटी अस्पतालको क्यान्टिनमा कार्यरत १९ वर्षीय युवक, पश्चिमाञ्चल अस्पतालमा कार्यरत २ चिकित्सक, ओम अस्पतालमा उपचाररत एक बिरामी र चरक मेमोरियल अस्पतालमा उपचाररत २ बिरामी सहित पोखरामा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै तनहुँका २६, नवलपरासीका ६१, बागलुङका ७, लमजुङका २ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ४हजार ९७१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.