www.tandavnews.com
Fact ~ In search of truth

प्रतिबन्धित लागूऔषध सहित पोखरा लेकसाईडबाट ३ युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरा लेकसाईडबाट लागूऔषध सहित तीन युवक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको प्रहरी टोलीले अस्ति आईतबार (असोज २५) गते पोखरा महानगरपालिका–६ लेकसाईडबाट ३ जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

Batas

आईतबार पक्राउ परेको भएपछि लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीले आज मात्रै जानकारी दिएको हो ।पक्राउ पर्नेमा जिल्ला लमजुङ बेशिसहर नगरपालिका –८ शेराफांट बस्ने ३६ वर्षीय नवराज थापा, जिल्ला कास्की पोखरा महानगरपालिका –६ लेकसाईड बस्ने २८ वर्षीय लक्ष्मण आचार्य र सोही स्थान कै ३४ वर्षीय सबिन पहारी रहेका छन् ।

पक्राउ परेका निजहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध बुप्रिनर्फिन इन्जेक्सन ५५ एम्पुल, फेनेरागन ५५ एम्पुल र डाईजापाम ५५ एम्पुल गरी जम्मा १६५ एम्पुल र नाईट्रोभ्याट १२० चक्की समेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका निजहरुलाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.