www.tandavnews.com
Fact ~ In search of truth

पोखराका १९ सहित गण्डकीमा थपिए ७८ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज बिहानै ७८ संक्रमित थपिएका छन् ।

Batas

प्रदेशका विभिन्न जिल्लाका गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार थपिएका संक्रमित मध्य पोखराका मात्रै १९ जना रहेका रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २९ का ५, २७ का ४, ५ का २, ३० का २, वडा नम्बर ३२, ८, १२, २६,२८ र ९ का एक एक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै नवलपरासीका ३८, बागलुङका ७, तनहुँका ६, गोरखाका ५ र लमजुङका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

थपिएका संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.