www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

काठमाडौं ।

भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ ।

आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ३१ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

भारतमा गत २४ घण्टामा ६१ हजार ८७१ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण १ हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि भारतभरी ७ लाख ८३ हजार ३११ व्यक्ति संक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६५ लाख ९७ हजार २१० जना संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख संक्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो संख्या अहिलेसम्मकै कम हो ।

कोरोनाको संक्रमण देखा परेयता भारतमा शनिबारसम्म ९ करोड ४२ लाख २४ हजार १९० व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० का कारण विश्वमा तीन करोड ९५ लाख २ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

कूल संक्रमितमध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ जना संक्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.