www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा बेवारिसे काठ बरामद

स्याङ्जा ।

चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।

सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी टोलीले बाटोमुनि स्याउलाले ढाकेर राखिएका अवस्थामा ३०६.३४ क्युफिट बराबरको २१८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Batas

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारबाहीका लागि सो काठ वन डिभिजन कार्यालय स्याङ्जामा बुझाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.