www.tandavnews.com
Fact ~ In search of truth

तालिबानहरुसँगको भेटवार्ता लाभदायकः चिनियाँ विदेशमन्त्री वाङ यी

दोहा

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् ।

विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेको थियो । उनले मंगलबार भएको भेटमा द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा बृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो । सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।

Batas

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताएका थिए । हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ ।

यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गरेको थियो । उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको उनले बताएका थिए ।

सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.