www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ८६ सहित गण्डकीमा थपिए १२१ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एकै पटक ८६ संक्रमित थपिएका छन् । पोखरामा पछिल्लो समय धमाधम संक्रमित थपिने क्रम बढेको छ ।

Batas

पोखराको विभिन्न वडाका गरि ८६ जनामा कोरोना संक्रमण पुुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर ९ का धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ९ का मात्रै १४ जना रहेका छन् । वडा नम्बर ६ का ११, वडा नम्बर २७ का १२, ३० का ५, १ का ४, २९ का ४,१३ का १, १० का ५, २६ का २,१७ का २,१४ का ५, २१ का ३,३१ का १, वडा नम्बर ४ का दुई , वडा नम्बर ५का ३ र ९ जना संक्रमितको वडा खुलेको छैन । वडा नम्ब ११ का १, १२ का १, र १० एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यस्तै प्रदेशमा अहिलेसम्म १२१ संक्रमित थपिएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.