www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा ३० संक्रमितको मृत्यु

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३० कोरोना संक्रमितको ज्यान गएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या १०३४ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयको अुनसार पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

Batas

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६९११ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.