www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ३ र स्याङ्जाका १ गरि गण्डकीमा ४ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ४ संक्रमितको मृत्यु भएको छ ।

पोखराका ३ संक्रमित र स्याङ्जाका १ गरि प्रदेशमा थप ४ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

मृत्यु हुनेमा पोखरा महानगरपालिका – ८ का ६७ वर्षीय कोरोना संक्रमितको आज गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या समेत रहेको जनाइएको छ ।

यस्तै सोही अस्पतालमै पोखरा महानगरपालिका ९ का ७५ वर्षीय कोरोना संक्रमित महिलाको आज बिहान ५ बजेर १५ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा पनि निमोनियाको समस्या रहेको थियो ।

यस्तै पोखरा महानगरपालिका –१३ का ९२ वर्षीय वृद्धको होम आइसोलेसनमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा कार्तिक १६ गते कोभिड–१९ पुष्टि भएको थियो ।

यस्तै स्याङ्जा गल्याङ नगरपालिका ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

साउनमा कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह लगायत समस्या रहेको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा थप १ सय १९ संक्रमित थपिएका छन् । यो सँगैे गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ हजार १ सय ३९ पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.