www.tandavnews.com
Fact ~ In search of truth

अवैध रामघाट : घाटबाटै पोखरा बहुमुखी क्याम्पसको अवैध असुली, मेयर भन्छन् ‘अब रोक्छौँ’

पोखरा
ताण्डव न्यूज ।

पसिना चुहाउँदै ट्याक्टरमा बालुवा लोड गरिरहेका एक मजदुर भन्छन्, ‘यो भन्दा त ज्यामी नै गर्न सजिलो छ ।’ उनले ४ दिन लगाएर बल्ल तल्ल एक टिप बालुवा जम्मा गर्छन् । जस्को कुल मुल्य ५ हजार ५ सय पर्छ । तर ४ दिनको पारिश्रमिक बापत उनको खल्तीमा जम्मा ३ हजार पर्छ ।

उक्त कुल रकमबाट उनले १ हजार ५ सय नदी किनारमा बालुवा जम्मा गर्ने मजदुरको टिमलाई बुझाउछन् । बाँकी १ हजार गाडीवालाले पोखरा बहुमुखी क्याम्पसको नाममा सहयोग स्वरुप रसिद काट्छन । तर ति गाडीवाला र मजदुरहरुलाई भने उक्त क्रियाकलाप अवैध भैरहेको भन्ने पत्तो छैन ।

Batas

महिनौ देखी पोखरा महानगरपालिका ९ शान्तीवन स्थित क्षेत्रमा अवैध रुपमा बालुवा विक्रि वितरण हुदै आएपनि सम्बन्धित निकाय मानिने महानगरपालिका भने बेखबर छ ।

महानगरपालिकाले कात्तिक ६ गते मात्रै उक्त घाट लगायत अन्य घाटको बोलपत्र आह्वान गरेको थियो । उक्त घाटको ठेक्का पार्ने समुहले मात्रै वैधानिक रुपमा बालुवा उत्खनन् गर्न पाउने प्रावधान रहन्छ । तर यतिबेला रामघाटमा भने निर्वाध रुपमा बालुवा विक्रि हुदै आएको छ ।

पोखरा बहुमुखी क्याम्पस निर्माणका लागि सहयोग भन्दै दैनिक बालुवा उत्खनन् र ओसारपोसार गरेबापत प्रत्येक गाडीको १ हजारको दरले रकम असुल्दै आएका छन् । मजदुरका अनुसार दैनिक २५ बढि गाडीले बालुवा लाने गरेको बताउदै २५ हजार बढी रोयल्टी जम्मा गर्दै आएको छ ।

क्याम्पसले नयाँबजारका केही युवाहरुलाई जिम्मा दिई उक्त रोयल्टी सहयोगको नाममा असुलिनु सरासर अवैध रहेको पोखरा ९ वडा कार्यालयले जनाएको छ । ‘महानगरपालिका भित्रका घाटहरु जस्लाई टेण्डर पर्छ हो त्यो टेण्डर पर्नेले उठाउने हो त्यो भन्दा अगाडि सबै बन्दै गाराउने भनेर बन्द गराको हो, वडा अध्यक्ष रामराज लामिछानेले ताण्डव न्यूजसँग भने, यो भन्दा अगाडि पनि दुई चोटी नगर प्रहरीलाई भनेर रोकाको हो । अब फेरी पनि घाट चलेको भए भन्न पर्छ ।’

अध्यक्ष लामिछानेले यस अघि अवैध कार्य बन्द गरेको बताउदै महानगर भित्रका सबै घाट बन्द गराउने कार्यमा कडाई गर्नुपर्ने बताए । ‘त्यहाँ दुई चोटी मैले रोकिसके, उनले भने, ‘महानगरपालिकाले कडाई गर्न पर्ने हो त्यो घाटको मात्रै कुरा होईन महानगरभित्रका सबैलई एकमुष्ट सम्बोधन गर्न पर्ने हो ।’ उनले उक्त कार्य रोक्ने सवालमा महानगरपालिकाले चाँसो नदिएको तर्क गरे । ‘यो त महानगपालिकाको कमजोरी होनी ३३ वटै वडाका घाटहरु टेण्डर स्वीकृत नहुदासम्म त रोक्नपर्याेनी ।’ अध्यक्ष लामिछानेले भने ।

यता पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले उक्त कार्य अवैध रहेको बताए । उनले यथाशिघ्र सो कार्यलाई रोक्ने बताउदै भने, ‘हामीले दिएका छैनौ त्यो एकचोटी रोकेका पनि हौ । हिजो म त्यताबाट आउँदा थुप्रिएको पनि पाए । त्यो अवैध हो त्यस्तो गर्न पाईदैन । रोक्नपर्छ भनेर लागिराछौ कोरोनाले गर्दा नभ्याएका हौ ।’

पोखरा बहुमुखी क्याम्पस प्रमुख शिसुकला पराजुलीले विद्यालयको भवन निर्माणर्थ सहयोग उठाएको बताइन् । महानगर र वडा कार्यालयसँग समन्वय गर्नुभएको छ त ? भन्ने प्रश्नमा उनले केहि भोलुन्टियरहरुले रसिद मार्फत रकम उठाएपनि वडा र महनगरसँग समन्वय नभएको स्विकारिन् । उनले भनिन् ‘हो केही भलुन्टियरहरुले रसिद लिएर सहयोग उठाउन जानुभएको हो । अहिलेसम्म कति उठ्यो भन्नेचाहिँ हिसाब भएको छैन । भोलि, पर्सिमा रसिद मगाएर हेछौँ ।हामीले बालुवा नै उठाएको त होइन, त्यहाँबाट लोड भएर जाने सवारीहरुसँग हो ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.