www.tandavnews.com
Fact ~ In search of truth

कास्की मादी गाउँपालिकाका ज्येष्ठ नागरिक तथा विपन्नलाई सिरक वितरण

कास्की ।

कास्कीको मादी गाउँपालिका–६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण गरिएको छ ।

पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जनालाई सिरक वितरण गरिएको हो ।

Batas

कार्यक्रममा वडाध्यक्ष पसबहादुर बाँस्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको सहज जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रा गुरुङले भौतिक शरीर टाढा हुँदैमा आफ्नो गाउँठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने बताए। प्रतिष्ठानका सचिव एवं महारुद्र मावि तप्राङका प्रधानअध्यापक गङ्गाधर बरालले मानवीय सेवामा जुट्न आग्रह गए ।

जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुशी छाएको थियो । रासस


© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.