www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप दुई संक्रमितको मृत्यु

गण्डकीमा थपिए १०५ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा १९ का ५७ वर्षीया महिलाको हिजो साँझ ९ बजेर २० मिनेटको समयमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनका गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु हो । उनमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

त्यस्तै अर्का मृतक पोखरा वडा नम्बर ११ का ६० वर्षीय संक्रमित पुरुष रहेका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा मंसिर ७ गते कोभिड –१९ पुष्टि भएको थियो ।

यो सँगै कास्कीमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या ८० पुगेको छ । भने प्रदेशमा १५४ जनाले ज्यान गुमाइसकेका छन

यसैबीच आज हालसम्म प्रदेशमा १०५ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्कीका ५८ जना,गोरखाका १८,लमजुङका २,नवलपरासीका १२,पर्वतका २,स्याङ्जाका ३ र तनहुँका १० जना रहेका छन् । यो गण्डकीमा संक्रमितको संख्या ११ हजार ९ सय ६७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.