www.tandavnews.com
Fact ~ In search of truth

‘जाऔँ है पोखरा अभियान’ शुरु

पोखरा ।

सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न संघले मंसिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

Batas

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ । पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ ।

संघले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए । अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् । संक्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.