www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको कुश्मामा जिपलाइन निर्माण सुरु

पोखरा
ताण्डव न्यूज ।

पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ । कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो।

पर्वतको जिपलाइनमा एकै पटकमा दुई जनासँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जानेछ। कालीगण्डकी नदीको सतहबाट दुई सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ। यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको हो ।

Batas

जिपलाइनको एक कार्यक्रमको बिच कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शिलान्यास गरे । उनले जिपलाइन सुरु भएसँगै पर्वतमा पर्यटकको आर्कषण बढ्ने बताए । जिपलाइन नजिकै विश्वकै दोस्रो भनेर दाबा गरिएको बन्जी रहेकोले पर्यटकले कालीगण्डकी नदी माथि जिपलाइनको पनि अनुभव गर्ने जोशीले बताए ।

जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिक रूपमा ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.