www.tandavnews.com
Fact ~ In search of truth

‘सच्चाई भजन मण्डली नाइके प्रकाशको कालो रुप’ : महिलामाथी हातपात, सेक्स प्रस्ताव !

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सामाजिक सञ्जालमा प्रकाशको नाम प्रकाश दिप छ । पोखरामा प्रकाशदिप गैरेको नामले पनि चिनिन्छन् । सच्चाई भजन मण्डलीका नाइके समेत रहेका प्रकाशको ‘कालो रुप’ बाहिरिएको छ ।

घटना शनिबार साँझको हो । पोखरा फुलबारीकी एक महिलाले पोखरा–१६ का प्रकाशसँग लिनुपर्ने रकम माग्न गइन् । दिएको ३२ लाख रुपैयाँ माग्न गएकी महिलालाई प्रकाशले हातपात नै गरे । रकम माग्न जाँदा हातपात भएको र कपडा समेत च्यातिएको पिडितले ताण्डव न्यूजसँग बताइन् । ‘ममाथी हातपात मात्र होइन अरु अन्याय पनि भएको छ,’ उनले भनिन्, ‘प्रकाशको भिनाजु पर्नेले अश्लील म्यासेज पठाएको छ । मेरो बुढालाई सच्चाई भजन मण्डलीको विरोध नगर्न भनेर धम्की समेत दिएको छ ।’

Batas

आफूमाथी हातपात भएपछि पिडित महिलाले शनिबार नै प्रहरीमा उजुरी दिइन् । उजुरी लगत्तै प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ ।

घटना यत्तिमा मात्रै सिमित छैन । प्रकाशका भिनाजु भनिने रामकुमार क्षेत्रीले पिडित महिलालाई सर्तसहित पैसा उपलब्ध गराइदिने भन्दै अश्लील म्यासेज समेत गरेका छन् ।

‘प्लीज मलाई तिम्रो सेक्सी बडीमा मज्जा गर्न देऊ, म तिम्रो सबै पैसा ३२ लाख दिन्छु प्लीज । मलाई र प्रकाश दिप गैरेलाई बेला बेला सेक्स गर्न देऊ है ।’ रामकुमारले पिडित महिलालाई म्यासेजमा भनेका छन् ।

रामकुमारले महिलालाई सच्चाई धर्म मान्न पनि जर्बजस्ती गरेको म्यासेजले जनाउँछ । ‘तिम्रो बुढोलाई प्रकाश दिप गैरेले दिनुपर्ने ३२ लाख रैछ, म सबै दिन्छु किनकी प्रकाश दिप मेरो मुख बोले साला हो, मैले भनेको मान्छ । प्लीज तिम्ले तिम्रो बुढोलाई सच्चाईको बिरोध नगर्न भन, सच्चाई धर्म राम्रो छ, तिम्ले पनि मान । नत्र म मेरो गाडी दिन्छु, प्लीज सच्चाई धर्म मान, सबै पैसा दिन्छु ।’ रामकुमारले फेसबुक म्यासेन्जरमा गरेको म्यासेजमा उल्लेख छ ।

रामकुमार यतिमा मात्रै सिमित भएनन् । उनले पिडितलाई म्यासेज मार्फत नै ‘पावर’को धम्की समेत दिएका छन् । रामकुमारले म्यासेजमा लेखेका छन् , ‘हाम्रो पावर तिम्ले देख्यौ । तिम्रो बुढोलाई अपहरण गरेको हाम्ले हो, प्रकाशदिप गैरे र विजय दिप गैरेले । तर, पुलिसले के गरो, हाम्रै जित भयो ।’

पिडित महिलालाई रामकुमारले म्यासेन्जरमा गरेको म्यासेजको स्क्रीनसट्

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले प्रकाश गैरेले एक महिलामाथी अभद्र व्यवहार गरेको भनि उजुरी परेपछि पक्राउ गरिएको बताए । ‘एक महिलालाई अभद्र व्यवहार गरेकाे आधारमा पक्राउ गरेका हौ,’ उनले भने, ‘लेनदेन र अन्य कुराको अनुसन्धान भइरहेको छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.