www.tandavnews.com
Fact ~ In search of truth

ओलीले गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा

'पिलो निचोरेर फाल्दैमा तौल घट्दैन ' : प्रधानमन्त्री ओली

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपि शर्मा ओलीले नेकपाको महाधिवेशनको मिति तोकेका छन् । बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यको भेलामा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा समेत गरेको ओली निकट एक केन्द्रिय सदस्यले बताए ।

साविक रहेकामा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरिएको हो । त्यसमा १९७ जना पछि थप गर्ने बताइएको छ । भेलामा ओलीले आफूले कसैलाई पनि कारबाही नगर्ने समेत प्रष्ट पारेका छन् । उनले आफूले कुनै हालतमा पार्टी नफुटाउने बताए ।

Batas

अध्यक्ष ओलीले महाधिवेशनबाट नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गर्ने आफ्नो पूर्व घोषणामा अडिग रहेको बताए । प्रचण्ड र माधव कुमार नोपाल पार्टीका लागि पिलो जस्तो भएको टिप्पणी गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.