www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा पछिल्लो २४ घण्टामा थपिए १२२ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय २२ संक्रमित थपिएका छन् ।

५०५ जनाको परीक्षण गर्दा १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा कास्कीका ८३ जना, गोरखाका १० जना, म्याग्दीका ४, बागलुङका ५, लमजुङका २, पर्वतका २, तनहुँका ५,स्याङ्जाका ११ जना रहेका छन् ।

Batas

पछिल्लो २४ घण्टामा २८ जना निको भएका छन् । हाल सम्म प्रेदशमा निको हुनेको संख्या १२ हजार ३४२ रहेको छ भने संक्रमितको संख्या १४ हजार ३ सय ७७ पुगेको छ ।

हालसम्म प्रदेशमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ । हाल प्रदेशमा १ हजार ८ सय ४४ सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा १ लाख १९ हजार ५ सय ४४ जनाको हालसम्म परीक्षण भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.