www.tandavnews.com
Fact ~ In search of truth

चीनले बनाएको कोरोनाविरुद्धको खोप ८० प्रतिशत प्रभावकारी

काठमाडौं ।
चीनले बनाएको कोरोना भाइरस विरुद्धको खोप ८० प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।

चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप ९सिनोफार्म०ले बनाएको खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको हो।

उक्त कम्पनीले बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको जानकारी दिएको छ। सिनोफार्मले बनाएको खोप दुई डोज लगाउनु पर्ने बताइएको छ।

Batas

यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।चीनले केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ। अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको कम्पनीले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.