www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाण्डौँ,
ताण्डव न्यूज ।

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो । यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आजदेखि निरन्तरता पाउने भएको हो ।

Batas

बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् भने अब बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् । आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ । काँग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.