www.tandavnews.com
Fact ~ In search of truth

आज २ सय ९९ औं पृथ्वी जयन्तीः राष्ट्रिय सार्मथ्यको सदुपयोग गर्दै अघि बढ्न राष्ट्रपतिको आग्रह

काठमाडौँ,
ताण्डव न्यूज ।
आज २ सय ९९ औं पृथ्वी जयन्ती अथवा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि पु¥याएको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै शुभकामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छिन् । पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

Batas

वि.सं. १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेका थिए ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्नेछन् । पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रवबहादुर प्रधानले चियापान अगाडि साढे ११ बजे भद्रकालीबाट पार्टीले ¥याली पनि निकालिने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.